मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गजल सिद्धान्त र विवेचनाको कृति
kbs — Mon, 07/18/2011 - 16:45
घनेन्द्र ओझा पछिल्लो समयमा बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित देखिन्छन् । उनले विभिन्न पत्रपत्रिकाको सम्पादन पनि गरेका छन् । साथै नेपाली साहित्यका क्षेत्रमा पनि उनी सक्रिय र सफल सर्जकका रूपमा परिचित छन् । कविता र गजल लेखन नै उनका मुख्य क्षेत्रहरू हुन् । ओझाको 'नेपाली गजलः सिद्धान्त र विवेचना' शीर्षकको कृति भर्खरै बजारमा आएको छ ।
प्रस्तुत पुस्तकमा मुख्य तीन परिच्छेद र सन्दर्भ सामग्री खण्ड रहेका छन् । यसको पहिलो परिच्छेदमा गजलको सैद्धान्तिक स्वरूपमाथि प्रकाश पारिएको छ । यस क्रममा गजलको परिचय, अर्थ तथा संरचना, आधारभूत तत्त्वहरूका बारेमा चर्चा गरिएको छ । यसमा ओझाले गजलका लयविधानगत स्वरूप र यसका विशिष्टताहरूको सैद्धान्तिक जानकारी दिएका छन् । उनले नेपाली गजलमा प्रयुक्त शृङ्गारिकता र वैचारिकताका सम्बन्धमा समेत चर्चा गरेका छन् । वैचारिकता शीर्षक दिएर नेपाली गजलका अन्तर्वस्तु वा विचारका प्राप्तिलाई चर्चा गर्ने प्रयत्न गरिए पनि सो अनुरूपको विवेचना भने हुन सकेको देखिँदैन । गजललाई स्वतन्त्र विधा मान्ने वा कविताकै उपविधाका रूपमा लिने भनेर नेपाली साहित्यका क्षेत्रमा विवाद भइरहेको बेलामा ओझाले प्रस्तुत पुस्तकमा गजललाई स्वतन्त्र विधा मान्नुपर्ने विचार व्यक्त गरेका छन् । साथै यसमा उनले नेपाली भाषामा लेखिएका गजलका बारेमा मात्र नभई मैथिली, भोजपुरी, नेवारी, तामाङ, लिम्बू, मगर, राई, कुलुङ, धिमाल, थारू आदि जस्ता नेपालका अन्य मातृभाषाहरूमा लेखिएका गजलहरूका बारेमा समेत उदाहरणसहित सामान्य जानकारी दिने प्रयत्न गरेका छन् । त्यस्तै, नेपाली गजलकारितामा नारी स्रष्टाको योगदानको सङ्क्षिप्त चर्चा पनि गरिएको छ भने नेपाली गजलका क्षेत्रमा हालसम्ममा प्रकाशित भएका संयुक्त गजलसङ्ग्रह, गजलसँग सम्बन्धित पत्रपत्रिका र विशेषाङ्कहरूका बारेमा समेत सङ्क्षिप्त चर्चा गरिएको छ । प्रवासमा रहेर पनि नेपाली गजललेखनमा सक्रिय रहेका केही गजलकारहरू र तिनका गजलहरूको योगदानको समेत चर्चा यस परिच्छेदमा गरिएको छ ।
दोस्रो परिच्छेदमा नेपाली गजल लेखनमा सक्रिय केही गजलकारहरूका गजलहरूको विवेचना गरिएको छ । यसमा सात जना प्रमुख नेपाली गजलकारहरू मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, बूँद राना, ललिजन रावल, उपेन्द्रबहादुर जिगर, धर्मोगत शर्मा, 'तूफान' रवि प्राञ्जलका गजलहरूको विश्लेषणात्मक मूल्याङ्कन गरिएको छ ।
तेस्रो परिच्छेदमा त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तहको पाठ्यक्रममा समेटिएका गजलकार र तिनका गजलहरूको सैद्धान्तिक विश्लेषण गरिएको छ । यस प्रकार नेपाली गजल ः सिद्धान्त र विवेचना नेपाली गजल समालोचनाका क्षेत्रमा एउटा गहन कृति बन्न पुगेको छ भन्न सकिन्छ । प्रस्तुत पुस्तकले नेपाली समालोचनामा एउटा इँटा थप्ने काम गरेको छ भने गजलका सर्जक, समालोचकका साथसाथै विश्वविद्यालयका शिक्षक तथा विद्यार्थी र जिज्ञासु पाठकहरूका लागि समेत महत्त्वपूर्ण सामग्रीका रूपमा रहेको छ ।
कृतिः नेपाली गजलः सिद्धान्त र विवेचना
लेखकः घनेन्द्र ओझा
प्रकाशकः बी.एन.पुस्तक संसार प्रा.लि.
संस्करणः २०६७
पृष्ठः २७६+४
मूल्यः २४५।-
मधुपर्क २०६८ असार
- 2639 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
20 hours 24 min ago - शब्द र भाव राम्ररी मिलाउनु
22 hours 41 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 18 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 18 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 1 hour ago - भुगोल ले नछेकेको माया
6 days 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 23 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
- लयको खोजीमा
- हजार आँखा हेर्ने
- ट्वाइलेट-भूत (बाल-एकाङ्की)
- चाहिँदैन भयो अब, मायाका महलहरू
- पायाप
- जीवन एउटा
- गजल (नेपाल बन्द)
- गौतम बुद्ध (कविता)
- दुई मुक्तक
- चाहिन म तिम्रो झुठो माया जालमा फँस्न
- आँखाको निद खोसी लाने
- हिमाल
- दुःखले छुँदा
- भित्तेका उद्घाटन माला
- आशा मारी निरासी भै (गजल)
- मुसाको अन्तिम हाँसो
- पूर्णिमाको रातमा
- भानुजयन्ती बिशेष शृंखलाको रुपमा योकोहामामा गुन्जियो साहित्यिक माहोल
- ओझेल
- कोर्रा लगाई डाँडा कटाओस
- विश्वासघाती, राष्ट्रघाती चाहिँदैन नेताहरू
- नमाग मसँग
- जिन्दगीहरू कसैको अधिनमा
- मन-स्नान
- आमा
- टाढा बसी तड्पायौ मेरो भूल के थियो ?
- म
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- को होला मेरो मायालु
Post new comment