Skip to content

मृत्यु संस्कारको परम्परा के कस्तो ? -त्रिचन्द्र प्रतीक्षा

मानिसको जन्मपछि मृत्यु अवश्यंभावी छ । मानिसको जीवन आमाको कोखबाट जीवन आरम्भ यो हाम्रो भौतिक शरीरको अन्त्य मृत्युवाट समाप्त हुन्छ ।
हाम्रो हिन्दू धर्म परम्परा अनुसार मानिसको जन्मदेखि मृत्युसम्म १६ संस्कार हुने गर्दछ, जसमा अन्तिम संस्कार अन्त्येष्टि संस्कारलाई अन्तिम मानिन्छ । हाम्रो देशका विभिन्न जनजातिहरूमा आ-आफ्नो धर्म परम्परा रीतिअनुसार मृत्यु संस्कारलाई पुरा गर्ने गरिन्छ । नेपालका केही जातिहरूले गर्ने अन्तिम संस्कारको बारेमा थाहा पाउने हैन त ?
मुस्ताङ् जिल्लामा बसोवास गर्ने चिम्तन, ठिन्तन र स्याङ्तन जातिहरूका घरमा कसैको मृत्यु भएमा लासलाई मूल कोठामा राखिन्छ । कालिगण्डकीबाट चोखो पानी र बालुवा ल्याई लितपोत गर्दछ, बालुवा र्छर्किछन् अनि त्यहाँ लास राखिन्छ । त्यसपछि इष्टमित्र, दिदीबहिनी, आफन्त गाउँलेहरू जम्मा हुन्छन् । लासमा १०८ बत्ती बालिन्छ । फलफूल प्रसाद चढाइन्छ । लामा झाँक्रीले लास उठाउने साइत हर्ेछन् । यिनीहरू अन्त्येष्टि चाहिँ सोमबार, बुधबार र बिहीबार मात्रै गरिन्छ । लासमा दागबत्ती चढाउने काम जेठा छोराबाटै हुन्छ, जेठो छोरा नभएको खण्डमा दाजुभाइ र आफन्तबाट गराइन्छ । मलामी जाँदा ढ्याङ्ग्रो र दमाहा बजाउँदै लगिन्छ । लासलाई गाड्ने जलाउने दुवै गरिन्छ, यो निर्णय लामाले गर्ने गर्दछ । छोराहरूले अन्त्येष्टि पछि सेतो कपडा लगाउँछन् । श्मसान घाटबाट फर्केपछि मलामीलाई जाँड, रक्सी मनग्गे खुवाइन्छ ।
हिमाली भोगमा बसोवास गर्ने भोटे जातिमा मानिस मर्दा गरिने अन्तिम संस्कार सायद नेपालमै अनौठो किसिमको मानिन्छ । यिनीहरूमा मानिस मर्दा अन्तिम संस्कारका लागि लामा बोलाइन्छ । लामाले लासलाई साइत हेरी टुक्रा टुक्रा पारेर गिद्द र चिललाई खुवाउने गरिन्छ । गाड्ने जलाउने परम्परा प्रायः प्रत्येक जातिमा पाइएपनि लासलाई टुक्राटुक्रा पारेर गिद्द र चिललाई खुवाउने परम्परा यिनीहरूमा मात्रै छ । यिनीहरूमा जुठो सुतक बार्ने चलन छैन । अन्तिम संस्कारको कार्य सकिनासाथ यिनीहरूका सम्पूर्ण कार्यक्रम यथावत् रूपमा चल्न थाल्दछन् ।
सुनकोशीप्रवाहित क्षेत्रमा बसोवास गर्ने दनुवार जातिमा कसैको मृत्यु भयो भने बालक छ भने नदी किनारमा लगेर गाड्ने, वयस्क छ भने दाह संस्कार नै गरिन्छ । हिन्दू समाजमा जस्तो लास नलजुन्जेल कुरेर बस्ने र पुरै जलाउने काम गर्दैनन् । लासमा दागबत्ती दिएर सबै घर फर्किन्छन् र भोलिपल्ट लासको निरीक्षण गर्न घाटमा जान्छन् । जल्न बाँकी रहेछ भने पुनः जलाएर घर फर्किन्छन् ।
त्रिचन्द्र प्रतीक्षा
मकवानपुरमा बसोवास गर्ने बनकरिया जातिमा लासलाई गाड्ने र जलाउने दुवै परम्परा छ तापनि प्रायःजसो गाड्ने नै गर्दछन् । लासलाई पुर्दादेखि सालका बोक्रा ओछ्याई त्यसै माथि राखिन्छ र लासको माथि पनि सालका बोक्राले छोपेर माटोले पुर्ने गरिन्छ यसो गर्नाले लास लामो समयसम्म सड्दैन भन्ने विश्वास गरिन्छ ।
कालीगण्डकी, मादी, सेती आदि नदीका किनारामा बसोवास गर्ने बोटे जातिमा घरभित्र मर्न दिनु हुँदैन भन्ने धारणा छ । मर्न लागेको मानिसलाई आँगनमा ल्याएर सुनपानी खुवाउँछन् । यस जातिमा लासलाई गाड्ने चलन छ । गाड्दा लाससँगै मृतकका सबैचिज र खाने कुरा समेत पुरिन्छ । यसो गरेन भने प्रेत बनेर सताउँछ भन्ने धारणा रहेकोछ ।
दोलखाको तामाकोसी नदीको किनारमा बसोवास गर्ने सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिँढीको दायाँपट्टी राखिन्छ । लासलाई जलाउने गरिन्छ, जलाउनु भन्दा पहिले लासलाई नुहाइदिन्छन् र नयाँ वस्त्र पहिर्‍याएर चितामा राख्छन् । चिता बनाउँदा पनि मृतकको उमेरको संख्याको आधारमा दाउराको संख्या राखेर बनाउँछन् ।
पूर्वी नेपालको इलाममा बसोवास गर्ने लेप्चाहरूको समाजमा मानिसको मृत्यु भएपछि घरको ढोकाबाट लासलाई बाहिर निकालिंदैन । उनीहरूले अर्कै ठाउँमा भित्ता फुटाएर लास बाहिर निकाल्छन् । र गाउँले आफन्त मिलेर लासलाई उँचो पाखामा लगेर गाडिन्छ ।

माझी जातिमा मानिस मर्दा गाड्ने गर्दछन् । मानिस गाडेको चिहानमाथि मृतकको खाट उत्तानो पारेर राखिदिने र ओछ्याउने गरेको डसना गुन्द्री आदि पनि त्यही छाडिदिन्छन् ।
मानिसको लासलाई पुरै ढाक्ने चलन सबैमा भएपनि मेचे जातिहरूमा कसैको मृत्यु भएमा त्यसको मुख ढाक्दैनन् । पुरोहितले दाहसंस्कार वा गाड्ने जस्तो आदेश दिन्छ सोही अनुसार गर्ने गरिन्छ ।
र्राई र लिम्बू जातिमा कोही मरेमा पहिले बन्दूक पड्काएर मलामी छिमेकीलाई बोलाउने चलन छ । मलामी जादाँ सबै मलामीहरूले हात हातमा खुँडा, खुकुरी, बन्दूक, तरवार आदि हातहतियार बोकेर हाहाहुहु गर्दै लास लैजाने चलन छ । लासलाई गाड्ने काम सकिएपछि जाँड चढाउनुपर्छ । गाडेको लासको मुखमा बाँसको नली राखिएको हुन्छ जसबाट दिनहूँ सात दिनसम्म बाहिरबाट जाँड हाल्ने गरिन्छ । कुनै कुनै राई, लिम्बूहरूमा लासलाई बाकसमा हालेर ठूला नदीमा प्रवाहित गरेको पनि पाइन्छ, तर यस्तो चलन आजभोलि हराइसकेको पाइन्छ । यस्तै राउटे समुदायमा कसैको मृत्यु भएमा खोला वा जंगलको नजिक लासलाई गाड्ने चलन छ । लासलाई गाड्ने कार्य विहान मात्र गरिन्छ । लास गाड्दा माछा मार्ने जालका साथै मृतकको केही निजी सम्पत्तिसमेत साथमा गाड्ने गरिन्छ । समाजमा कसैको मृत्यु हुन गएमा त्यो ठाउँबाट राउटेहरू अन्यत्र बर्साई र्सछन् ।
हिन्दू परम्परामा मृतकको लास दाहसंस्कारमा लैजाँदा ”राम नाम सत्य’’ हो भन्ने शब्द बारम्वार पुकारिन्छ । मृतकको लासलाई नदी किनारमा जलाउने परम्परा छ । यस्तै मुसलमान समाजमा दाहसंस्कारको अनौठो परम्परा रहेको पाइन्छ । उनीहरू मृतकको लासलाई तीनपटक नुहाइदिन्छन् । कपडाले लासलाई बेर्ने तथा छोप्ने गरिन्छ । यसका लागि सामान्यतया धेरै कपडाको प्रयोग गरिन्छ । मुसलमानी समाजमा मृतकको लासलाई गाड्ने चलन छ । उता क्रिश्चियन परम्परामा मृतकको लासलाई कफन बनाएर राखिन्छ । लासलाई सुगन्धित अत्तरले सुगन्धित पारी प्रार्थना गरेर लासलाई चिहानमा लगेर गाडिन्छ ।
फारसी सम्प्रदायका मानिसहरू मृतकको लासलाई एक अग्लो स्थानमा राख्छन् । पक्षीहरूले लासलाई खाइसकेपछि मात्र मृतकको अस्थिपञ्जरलाई विर्सजन गर्ने गरिन्छ ।
विभिन्न समुदायमा आ-आफ्नै परम्परा अनुसार अन्तिम संस्कार गर्ने गरिन्छ यस्तै विश्वका केही देशहरूमा गर्ने अन्तिर संस्कारबारे जानिराखौं ।

अष्ट्रेलियाः अष्ट्रेलियामा मृतकको शवलाई बग्दै गरेको खोलामा प्रवाहित गर्ने चलन छ । अष्ट्रेलियाको जनजातिहरूमा पतिको मृत्यु भएमा पत्नीले टाउको मुडिन्छ । उनीहरूको प्राचनीकालदेखि निरन्तर चल्दै आएको प्रथा मानिन्छ ।
श्रीलंकाः श्रीलंकामा मृतात्माको पूजा गर्दा केराको प्रचुर प्रयोग गर्ने चलन छ । केरामा मृतात्माले बास गर्छ भन्ने यहाँका मानिसहरूको विश्वास छ ।
मेक्सिकोः यहाँ मृतकको दाहसंस्कार गर्न विशेष योजनाको जरूरत पर्दछ । शवयात्रामा रंगिविरंगी कपडा लगाइन्छ र संगीत बजाइन्छ ।
थाइल्याण्डः थाइल्याण्डका आदिवासी क्षेत्रहरूमा मानिस मरेपछि पूणिर्माको रातमा हात्तीमा चढेर जुलूस वा शोभायात्रा गर्ने चलन छ । शोभायात्रामा सम्मिलित हुने प्रत्येक व्यक्तिलाई मृतकको प्रियवस्तु उपहार स्वरूप प्रदान गर्ने गरिन्छ ।
अफ्रिकाः अफ्रिकामा दाहसंस्कार विधि अनेक छन् । लोग्ने मानिसको मृत्युपछि मृतकको टाउको काटेर विधवा पत्नीलाई दिइन्छ । विधवाले उक्त टाउकोको रौं र मासु अलग्याएर खोपडीलाई वर्षदनसम्म घाँटीमा झुण्ड्याउनु पर्छ । त्यसपछि सो खोपडीलाई घरको बाहिरपट्टि टाँगिन्छ । यस्तै दक्षिण अफ्रिकाका केही आदिवासीहरूले मृतकको शवलाई टुक्रा टुक्रा पारी खुर्सानी मिसाएर ठूलो चौरमा फाल्ने गर्दछन् ।
जापानः जापानमा मृतकको लासलाई उत्तरतिर फर्काएर गाडिन्छ । यसमा जापानीहरू के विश्वास गर्दछन् भने यसो गरेमा मृतकको आत्माले शरीर छोडेर जान्छ । यस्तै मृतकको आत्माको शान्तिका लागि चिहानमा टुकी बाल्ने चलन पनि छ । र मृतकको पुण्यतिथिका राती चिहानमा रक्सी बगाइन्छ ।
रोमः रोममा मेरेको लासलाई कफनमा राखेर गाडिन्छ भने मृतकको तस्वीरमा जति सक्यो उती अत्तर र रक्सी खन्याइने गरिन्छ । त्यहाँका वासिन्दाहरूको विश्वास अनुसार अत्तरको सुगन्धले मृतकको आत्मा त्यहाँ आइपुग्छ र हषिर्त भएर रक्सी पान गर्छ र मृतात्माले राम्रो ठाउँमा पुनर्जन्म लिन्छ भन्ने जनविश्वास छ ।
नेपाल लगायत विश्वका थुप्रै देशमा गरिने यस्ता विविध किसिमका अन्त्येष्टिले मृतआत्माको शान्तिको कामना गर्नु नै प्रमुख मानिन्छ ।

(स्रोतः नेपालका जनजातिहरू, नेपालको धर्म र संस्कृति,
देश-विदेशकी अनोखी प्रथाएं र अन्य पत्रपत्रिकाहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *