Skip to content

कल्ले पुरा गर्ने होला सपना यो शहिदको

  • by


कल्ले पुरा गर्ने होला सपना यो शहिदको
रगतको मूल्य सम्झ प्रार्थना यो शहिदको ।

के भन्यौ खै देशै बण्डा गर्नेहरुसँग अब
बाह्रै मासे घाउ भयो बिपना यो शहिदको ।

देशकै लागि बलिदान आहुति भो जीवन पनि
स्वतन्त्र होस देश भन्ने जपना यो शहिदको ।

रगतको टिका लायौ बीरयोद्धा ढल्दा खेरी
कुर्सी चड्ने सिडी मान्यौ साधना यो शहिदको ।

भाग बण्डा नगर भो सिङ्गो देश नेपाललाई
आत्मशान्ति मिलोस बिन्ती कामना यो शहिदको ।

तीर्थ “यात्री” पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *