Skip to content

पर्खी बस्नु हिउँ झैं भै

पर्खी बस्नु हिउँ झैं भै फर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

जन्मभूमिदेखि टाढा अब बस्नु छैन
पराइको पाउको धुलो भै खस्नु छैन
सुखी हुने चाह छाडी तर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

फर्की आई आफ्नै देशमा हिरा फलौंछु
अन्धकार यो भाग्यमा म दीप जलौंछु
कुनै बिलम नगरी सर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

पर्खी बस्नु हिउँ झैं भै फर्की आउनेछु
थोरै होला अब आँशु छर्की आउनेछु

राजेश रुम्बा लामा “अतृप्त”
२६-०७-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *