सोचाइको बार्दलीबाट
नियालेर हेर्दा
चारैतिर क्षितिजमाथी
ढकमक्क कुहिरोले ढाकेको देखें
मनहरु निरासाको भुंग्रोमा
(अघेनामा)
छटपटी रहेका छन्.
लाग्छ उ बाँच्नुको अर्थ
देख्दैन
तर मृत्यु आफैमा
त्रास्ती हो,
त्यहि मृत्युको भयले
मृत्युबाट
पर उभि आशाको त्यान्द्रोहरु
केलाउन खोज्दैछन यी मनहरु…
तर कठै!समयको अगुल्टो
ठोसिंदा,दिन-प्रतिदिन
समस्याको ज्वालामुखीमा
डढ्न बिबस छन् मनहरु
त्यसैले त डढेको-पिल्सिएको
मनमाथि सितल मलहम
प्राप्तिको आशामा
मृत्युसैयाँबाट हुरीको रुप लिई
पुग्ने गर्छन सगरमाथाका देश,त कहिले
रेगिस्थानका समुन्द्री तट-तटमा
तर बिडम्बना !
चिसो हावाको झोंका
संगै आफ्नै अस्तित्वको
रक्षाको निम्ति
जबर्जस्त मुस्कुराई रहेका
ति हिमालहरु मौनातामै
भित्र भित्रै खुचिंगको काखी बजाउँदैछन्,
पिडा(नाउ)र बडेमानको पानीजहाजको
स्पर्समा तरंगित हुँदै
तर्किदै छन् यी समुन्द्रहरु पनि
सायद लाग्छ हिमालहरुलाई छाडी
आउनु मेरो भुल थियो त
यी समुन्द्री तटहरुमा
आशाको भिख माग्नु मेरो लाचारपन थियो
र त आज पलपल जलिरहेछु यी भट्टीहरुमा
यी बन्दकोठाहरु भित्र निस्सासिदैछु
कुन बेला पुरिने हो यी वालुवाका थुप्रोले..?
बस् पर्खाईमै छु
बस् पर्खाईमै छु………
राजेश रुम्बा लामा “अतृप्त”
२६-०७-२०११