एक्लै बाँच्छु भन्यौ अघि सम्झनाले सतायो कि
मेरो खड्को आँशु झर्दा ढुकढुकीले बतायो कि
याद भुल्न हिजो आज शीत बनी सम्हालिंदा
शिशीरको प्रभा फेरि हुरी आई ततायो कि
ढल्मल ढल्मल छौ रे आज सुने तिमी संसारमा
याद मेरो कस्तो नशा स्वादै बिना मतायो कि
बिगत् छल्न आज भोलि खुशी मन हुँदा हुँदै
सुक्क रोई आँशु झार्न त्यै मनले खटायो कि
जान्न म त भने पनि सम्झनाको सागरमा
भित्री मन बेदनाले चिठ्ठी काटी पठायो कि