Skip to content

तिम्रो नजर वाण भयो (दोहोरी गजल)


केटा
तिम्रो नजर वाण भयो दिलमा वारपार भयो
पिरतीमा तिम्रो जित सधै मेरो हार भयो ।

केटी
हजुरलाई दिलमा राखे देवता सम्झी पुजा गरे
पिरतीको खेलमा हजुर जित जीबन सार भयो ।

केटा
जून सम्झी तिम्रो रुप हेर्छु पूर्णिमा पर्खिएर
खग्रास चन्द्र ग्रहण हेर आज काँडे बार भयो ।

केटी
रात दिन तिम्रै यादमा बसेकी थिए टोलाएर
तिमी आयौ हात थाम्न खुशी हजार भयो ।

केटा
यो जिन्दगी तिमी संगै जिउने मेरो सपना हो
तिम्रो साथ पाए पछी जीबन मेरो सकार भयो ।

केटी
आधा आधा थियौ हामी दुई मुटु दुई तिर
एकै ठाँउ भयौ आज मुटु पूण आकार भयो ।

1 thought on “तिम्रो नजर वाण भयो (दोहोरी गजल)”

  1. Like it!
    आधा आधा थियौ हामी दुई मुटु दुई तिर
    एकै ठाँउ भयौ आज मुटु पूण आकार भयो ।

    Great… Luv to read more.

Leave a Reply

Your email address will not be published. Required fields are marked *