Skip to content

तिम्रो आँखा तिम्रो ओठ

  • by


तिम्रो आँखा तिम्रो ओठ रुपै मन पर्‍यो
बोली बचन मिठो मुस्कान झनै मन पर्‍यो

यो सृस्‍टि रहुन्जेल यो हावा बहुन्जेल
म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल

यसै पनि राम्री तिमी त्यसै पनि राम्री
सोर्ह सिङार चाहिदैन त्यसै पनि राम्री

उजेली रहेसम्म यो ज्यान भए सम्म
म तिमीलाई माया गर्छु लाखौं जन्मसम्म

माया मानि मिठो माया दिउँला तिम्रो लागि
लाली रङ्ग यो उमाङ्ग सबै तिम्रो लागि

सपना देखुन्जेल चाहन साचुन्जेल
म तिमीलाई माया गर्छु यो संसार रहुन्जेल

तिम्रो आँखा तिम्रो ओठ रुपै मन पर्‍यो
बोली बाचान मिठो मुस्कान झनै मन पर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *