Skip to content

उतर-दक्षिण गरि-गरि,राष्ट भक्त गलाउदै छन्…

“गीत”
———-
भातको सिट्ट भुइंमा खस्दा,कर्णालीको भोक देख्छु
ठाँटिएर हिन्न खोज्दा,रुकुमको त्यो सोख देख्छु /
“““““““““““““““““““““““
चर्किन्छ यो छाती मेरो, मेरो देशको पाटो दुख्दा
छल्किन्छ यो रगत मेरो,मेरो देशको माटो दुख्दा
यात्रा-तत्र चारै तिर,देशलाई खाने रोग देख्छु,
ठाँटिएर हिन्न खोज्दा,रुकुमको त्यो सोख देख्छु /
“““““““““““““““““““““““
भातको सिट्ट भुइंमा खस्दा,कर्णालीको भोक देख्छु
ठाँटिएर हिन्न खोज्दा…………………..
““““““““““““““
देख्दैछु म आफ्नै सन्तान,मेरो राष्ट जलाउंदै छन्
उतर-दक्षिण गरि-गरि,राष्ट भक्त गलाउदै छन्
देश रुंदा चुप चाप बस्ने,निरही त्यो लोक देख्छु
ठाँटिएर हिन्न खोज्दा,रुकुमको त्यो सोख देख्छु /
“““““““““““““““““““““““
भातको सिट्ट भुइंमा खस्दा,कर्णालीको भोक देख्छु
ठाँटिएर हिन्न खोज्दा,रुकुमको त्यो सोख देख्छु /
“““““““““““““““““““““““
राजेश रुम्बा लामा “अतृप्त”
०४-०८-२०११
Note : संधै माया प्रेमको गीत कविता र गजल लेख्दा लेख्दा कस्तो कस्तो लाग्यो,त्यसैले देशप्रति समर्प्रित भएर यसो लेखना खोजें हजुर/कति सम्म भयो त्यो हेर्ने हजुरहरुको जिम्मा ल ! अनि पढी सके पछी प्रतिक्रिया दिन नभुल्नु होला / हजुरहरुको हर पल सुखमय र खुशीमाया बितोस कामना //

Leave a Reply

Your email address will not be published. Required fields are marked *