Skip to content

देख्दैछु म आफ्नै सन्तान, मेरो राष्ट्र जलाउँदै छन्


भातको सीतो भुईँमा खस्दा, कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

चर्किन्छ यो छाती अति, मेरो देशको पाटो दुख्दा
छल्किन्छ यो रगत अति, मेरो देशको माटो दुख्दा
यत्र-तत्र चारैतिर, देशलाई खाने रोग देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

भातको सीतो भुईँमा खस्दा, कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

देख्दैछु म आफ्नै सन्तान, मेरो राष्ट्र जलाउँदै छन्
उतर-दक्षिण गरी-गरी, राष्ट्रभक्त गलाउँदै छन्
देश रुँदा चुपचाप बस्ने, निरही त्यो लोक देख्छु
ठाँटिएर हिँड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

भातको सीतो भुईँमा खस्दा, कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

राजेश रुम्बा लामा “अतृप्त”
०४-०८-२०११

Note : संधै माया प्रेमको गीत कविता र गजल लेख्दा लेख्दा कस्तो कस्तो लाग्यो । त्यसैले देशप्रति समर्प्रित भएर यसो लेखना खोजेँ हजुर ! कतिसम्म भयो त्यो हेर्ने हजुरहरूको जिम्मा ल ! अनि पढिसकेपछि प्रतिकृया दिन नभुल्नु होला । हजुरहरूको हरपल सुखमय र खुशीमाय बितोस, कामना ।

2 thoughts on “देख्दैछु म आफ्नै सन्तान, मेरो राष्ट्र जलाउँदै छन्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *