Skip to content

मैले अब गजल् लेखी भावरस हाली दिन्छु

  • by


मैले अब गजल् लेखी भावरस हाली दिन्छु
ढुङाको मन भएँ पनि गजलले गाली दिन्छु

गाउँ बस्तीभित्र पसी दुखी मनका ब्यथा लेखी
ठुला बडा शोसकको बस्ती आगो बाली दिन्छु

गरीब ती गाउँघरका झुपडीमा जम्मा भई
तड्पिएका पीर ब्यथा मीठो भावले टाली दिन्छु

‘कु’प्रथा र कु’संस्कार गाउँघरमा मौलाएको
अन्धविश्वास रुढीवादी जरैदेखि फाली दिन्छु

केही गर्न सकेनन् नि भाषण र बैठकले
साहित्यमा नौलो प्रयास गजलबाटै थाली दिन्छु

मरुभूमिको छातीबाट
स्याङ्जाली रमेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *