Skip to content

खुसी नै खुसीका खात सल्बलाए

  • by


खुसी नै खुसीका खात सल्बलाए
झनझन मनभर बात सल्बलाए

प्रियाका संगमा म रमेँ रंगरंगमा
साँच्चि कै अनिँदा रात सल्बलाए

सुनसान छ शहरमा रहरै रहरमा
हातमाथि उनका हात सल्बलाए

सुस्त सासले अब स्पर्ष फैलाए
लातसँग उनैका लात सल्बलाए

बिरानो देश म भोलिको सवारी
घात बनी कस्ता घात सल्बलाए

६ अगस्ट, २०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *