पवित्र ती फूलहरूले बोलेनौ केही कुरा
मन मनै सोच्यौ तिम्ले खोलेनौ केही कुरा
जब समीपबाट टाडा भए रिसाउँछौ किन
सँगसँगै हुँदा पनि घोलेनौ केही कुरा
तिमी हेरिरह्यौ म पनि त हार्न चाहिन
लजाएर नजर अन्त सार्न चाहिन
झस्किएर हाँस्दै गा’को तस्बिर मुटुभित्र
यतिकै मा फुल्यो माया झार्न चाहिन
अरुण पौडेल
गुन्जनगर-४ न्यु लाइन