Skip to content

शान्ति भड्कियो कि !


आज फेरि आकाश गर्ज्यो बन्दुक पड्कियो कि
कोलाहल छ गाँउ घर शान्ति भड्कियो कि

चौध गते भित्र हामी शान्ति छर्छौँ भन्थे
छर्न भूली हलो फाली कतै अड्कियो कि

कुरा मिल्न जारी बैठक मनमुटावले भर्दा
मुल बाटो छाडी शान्तीिअन्तै फड्कियो कि

आलो घाउ पुरिएर रगत सुक्छ भन्दा
जनताको ढाड उल्टै फेरि सड्कियो कि

शीर झुकी ओठ सुक्यो धैर्य गर्दा गर्दै
शान्ति देख्ने हाम्रो इच्छा सबै तड्पियो कि

3 thoughts on “शान्ति भड्कियो कि !”

  1. माथिको गजल संग मिल्दो जुल्दो एउटा सिर्जना
    गजल
    — दिंग्लाली कान्छो

    तलबाट सर्वाङ्ग छौ माथि मात्र छोप्छौ तिमी
    जे गरे नि मान्नै पर्ने संधै कत्ति टोक्छौ तिमी

    समय चै बगिरह्यो झगडा मै ब्यस्त भयौ
    काम थोरै गरे पनि फेरि म्याद तोक्छौ तिमी

    पेश्की,भत्ता लिए पनि भ्रष्टाचार बढाऊ छौ
    ऋण सबै हामी माथि तमसुक बोक्छौ तिमी

    जनताले फेरि पनि झन्डा तिम्रो बोक्नै पर्ला
    आनाकानी गर्दा खेरि गोली-बम ठोक्छौ तिमी

    भलो गर्न छाडि गयौ दोषी बाटो समाएर
    यो जूनीमा जे गर्दछौ अर्को जूनी भोग्छौ तिमी
    : बिराटनगर – ४ , मोरंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *