Skip to content

सिरानीले बिझायो कि

  • by


सिरानीले बिझायो कि सिरकैले पोल्यो मेरो तन
वारी गाउँ छाडी हितको निद्रा पारी तर्छ झन

हितले दिए यस्तो गह शीतले धुँदैन
मलाई जस्तै अरुलाई हुन्छ हुँदैन
हुन्छ भनुँ मेरै मात्र डाह धेरै छन्

घरको पानी परदेशीले जब पिउँछ नि
सबै भन्छन् त्यस्तो बेला यस्तै हुन्छ नि
हुन्न भनुँ रातभरि जल्छ मेरै मन

शब्द – भूपाल राई
स्वर – पवित्र सुब्बा
संगीत – रत्न बहादुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *