Skip to content

अबेरसम्म तिमीलाई, पर्खिएर आएँ


अबेरसम्म तिमीलाई, पर्खिएर आएँ
कुर्दा कुर्दै साँझ पर्यो, फर्किएर आएँ

काँडाहरु मेरो बाटो, छेक्थे चारैतिर
सम्हालिदै कसो–कसो, तर्किएर आएँ

गुलाबको फूल हाने, मैले तिमीलाई
बदलामा ढुंगा हान्यौ, चर्किएर आएँ

दुनियाँको कुदृष्टिले, तिम्रा बाटो छेके
त्यसैले नै संजीवनी, छर्किएर आएँ

जाँदा साथ के–के थिए, फर्के रित्तो हात
आफैलाई तिमीभित्र, अर्पिएर आएँ

4 thoughts on “अबेरसम्म तिमीलाई, पर्खिएर आएँ”

  1. ठिस बुढा

    सूर्यले अबेरसम्म पर्खिए…
    नमस्कार !

    सुर्य सर बाट मैले यस्तै आश गरेको थिएं ।

    यहाँ हरेक शेर मुटु बाटै आएको छ र पत्यारिलो छ ।

    वाह !

    शुभयात्रा सुर्य सर !

  2. अबेरसम्म तिमीलाई, पर्खिएर आएँ
    सूर्य चेम्जोङ्जीका शब्द र सन्देश निकै सटिक छन् ।
    सायद त्यसैले होला वहाँका रचनाहरूले अत्याधिक “लाइक”हरू पाउँछन् ।

  3. वाह वाह क्या गज्जब
    वाह वाह क्या गज्जब गजल……….

    सूर्य चेम्जोङ जी को गजलहरु सबै राम्रा लाग्छन वहाँको हरेक गजलमा म आफैलाई पाउँछु……फेरी यस्तै गजलको आशा राख्छु सूर्य सर बाट……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *