Skip to content

तिमी तारे भीर म त लहरा

  • by


तिमी तारे भीर म त लहरा
तिमी मै म लहराउँछु तिमी साहरा

तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
तिमिभित्र भित्रै मेरा जूनतारा छन्
इर्ष्याँलु आँखा बगाउँछन् छहारा
तिमी मै म लहराउँछु तिमी साहरा

तिमीबाहेक मेरो अर्को संसार छैन
तिंमीबिना मैले बाँच्नु सार छैन
अरुलाई कहाली मलाई त पहरा
तिमी मै म लहराउँछु तिमी सहारा

शब्द – श्रवण मुकारुङ
स्वर – पवित्र सुब्बा
संगीत – सिताराम राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *