मनलाई सिउँदै सिउँदै तिम्रो नजिक जान चाहेँ
घरी घरी मनसँगै सोधी मन मनै माया लाएँ
भेट्छु होला भन्ने थिएन सहज तिमीले बनायौ
मेरो अल्झेको मनलाई तिमी आई अथाह प्रेम खनायौ
मेरो निम्तोको स्वीकार तिमीले निःसंकोच मनमा लिई
तपस्यापछि ईश्वरले जस्तै मलाई तिम्रो रुपको दर्शन दिई
शीतल तुल्यायौ त्यो चर्को धूपमा पनि पसिना हराए
तिम्रो नजर अनि मुस्कानले त फेरि केही गरुँ भन्ने गराए
तिमीले लुकाउँदै आफैलाई मदेखि यति दिन हरायौ
तृष्णा र चाहनामा तप्डपेर हैरानीसँग बाँच्ने गरायौ
पहिलो भेट तिमीले मलाई अनि मैले नजरको जुधाइमा
हेराइ लाग्थ्यो कतै मलाई मनभित्रै लुकायौ कि मोहनी लगाई
आनन्दको सास फेर्दै म बाँच्ने छु प्रियसीको छायाँ मुनी
यसै गरी आइदिनु तिमी कतै कही मेरो करुण पुकार सुनी
अभिलासा दर्शनको थियो कल्पसम्मलाई बरदान भयो आज
आत्माको साइनो आत्माले बुझोस् तिम्रो र मेरो मनको माझ