नपुङ्सक भाग्यलाई सराप्दै
भोक आफै पिरोलिएर रोयो
कुपोषित जिन्दगीको वास्तविकता छुँदै
आखिर !
गरिबी जीवन
अपुगले चलिरहन्छ जहिल्यै
दिनरात- परागसेचन गर्छन्
पसिना रोप्दै
उब्जाउँछन् रुखो भाग्य
अर्जाप्छन् हत्केलाहरू
चुल्याउँदै गरिबीको महलहरू
यो नपुङ्सक भाग्य
कहिल्यै गर्भधारण हुन सकेन
न त सम्वन्ध विच्छेद नै
उत्ता सम्पन्नताको पजेराहरू
पेट्रोल र डिजेलका धुवाँ
सुघाउँदै अँझ
गरिबी रगत चुसिरहन्छन्
निरन्तर-निरन्तर
र कुपोषित जिन्दगीको
गरिबी धितो लिलामसँगै
नपुङ्सक भाग्यको अन्तिम विकल्प
जीवन कि …?
– इलाम
comment
सम्पादकज्यू
नमस्कार ।
मझेरी डट कमको म नयाँ पाठक हुँ । धेरै राम्रो लाग्यो । म पनि साहित्यको विद्यार्थी भएको हैसियतले यस प्रकाशनको निरन्तर अध्ययन गर्नेछु र लेख रचनाहरु पनि प्रेसित गर्नेछु ।