Skip to content

काट्टो खाएपछि


बिलौना नगर आमा यी तिम्रा सन्तति
अज्ञानी छन् अबुझ निरिह बालक सरि
गुलियो चुरोट छ अगाडि आज यिनका
हरिया नोट छन् साथ् दिने एक छिनका

भो आँशु नझार आमा, मुटुको पिंधका ती
भनि देलान भिक्स दलेर रोइ अभिनेत्री
कला प्रेमी भाकाछन आमा यी तिम्रा सन्तति
बिर्सेका छन् झ्याउरे गीत, बज्न छाडे सारंगी

ममता फ्याकिन्छन आज बेचिन्छन युवती
स्वाभिमानको इन्धनले नबन्छन उधोगपति
भो नाधिक्कर आमा कलेजोका टुक्रा यी
संगत छैन गतिलो हेर, न उपदेश न अर्ति

भोका थिए नांगा थिए बाजेका पालाँ यी
मिठो खान राम्रो लाउन कलपन्थे कत्ति
जेठो हुन्थ्यो जहिले पनि भोकै पल्लो पट्टि
कान्छो रुन्थ्यो खान नपाइ दुध अलिकति

बाजे मरे खुसी भए, जेठा कान्छा सबै यी
तेह्र दिन छ अहिले आमा गर्दैछन मस्ती
खादैछन घ्यु भात, खर्चेर अलिक सम्पत्ति
सप्रिनेछन भोलि आमा, काट्टो खाएपछि .. …!

Leave a Reply

Your email address will not be published. Required fields are marked *