Skip to content

खोजिरहने बानी पर्यो

  • by


कोर्दै जाऊ कोर्दै जाऊ पानाहरू भर्दै जाऊ,
जति नजिक म आउँछु उति पर सर्दै जाऊ ।।
खुशी लीने चाहानामा आँफै दुःख बेसाउछ्यौ,
अलिकति केही भन्यो बुझ पचाई रिसाउँछ्यौ ।

कोर्दै जाऊ कोर्दै जाऊ पानाहरू भर्दै जाऊ,
जति नजिक म आउँछु उति पर सर्दै जाऊ ।

नबोल्नेलाई बोलाउने बहाना हो खालि एउटा,
मनलाई शान्त बनाउने चाहना हो खालि एउटा,
कुहिरोको अँध्यारोमा हराउने बानी पर्यो
आफ्नो मनको मान्छे हो कि भनी खोज्ने बानी पर्यो ।

कोर्दै जाऊ कोर्दै जाऊ पानाहरू भर्दै जाऊ,
जति नजिक म आउँछु उति पर सर्दै जाऊ ।

खोटिएको घाउलाई कुरेतिँदा पानी झर्यो,
रुमालले पुछ्न खोज्दा त्यसलाई बदनामी गर्यो
हतार हतार अघि आई हैलो भन्ने बानी पर्यो,
उल्टो नजर फेरी गयौ सन्नाटाको खानी पर्यो ।

कोर्दै जाऊ कोर्दै जाऊ पानाहरू भर्दै जाउ,
जति नजिक म आउँछु उति पर सर्दै जाऊ ।

सुरज गिरी (नवलपरसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *