नदेखाऊ न चिसा नयन लुकाएर बसेकी छु
साथी आफैं दर्पण दृष्टि झुकाएर बसेकी छु ।
हाँसोभित्र पाएँ सधैं बिरह छाल त्यसैले त
सयौं खुशी माहौलहरू चुकाएर बसेकी छु ।
फक्रेकैथेँ देवतालाई चढाउँछु भन्दै टिप्यौ
कुल्च्यौ फेरि पत्र पत्र फुकाएर बसेकी छु ।
गोही आँशु भन्यौ फेरि बेदनाको ताल बन्दा
मनको बह गहभरि सुकाएर बसेकी छु ।
सुखसयल भन्ने कुरा एकादेशको कथा भा’छ
पीडा मार्न अर्को पीडा ढुकाएर बसेकी छु
उषा न्यौपाने
झापा, नेपाल
usha ji lai
uasha ji tapako gajal ramro lagho yatra jari rakhanu hola.