Skip to content

यो जिन्दगी त्रास भयो

  • by


दिन दिनै तिम्रो बैंश हेर्दा हेर्दै ह्रास भयो
लाग्छ मलाई प्रकृतिको सम्पत्ति नै नाश भयो

बालापनमा व्यर्थै मलाई झुटो माया बाँडिदियौ
आजसम्म बाँच्नु पर्ने जिन्दगीलाई आश भयो

फूल सरी जोवन बोकी हिंड्नु पर्दा राख्नु ख्याल
त्यो फूल गोड्ने ज्यामी देख्दा फेर्न गाह्रो सास भयो

यसै गरी दिन बिताऊँ (!) टुङ्गो छैन जीवनको
भोलि पर्सी भन्दा-भन्दै यो जिन्दगी त्रास भयो

पर्खिनुको सीमा हुन्छ ढाट्नु पनि सीमाभित्र
यथार्थमा भनौँ आज यो मन जिउँदो लाश भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *