Skip to content


उदास आँखाहरू पर्खाइमा विक्षिप्त मनहरू भोगाइमा
थकित पाइलाहरूले शितल चौतारीको आशा नमारौं

अनुत्तरित प्रश्नहरू धेरै छन्, यो तारे भीरको भोकमा
धेरै गोरुहरू लडिसके लौकिक पवित्रताको खोजमा

आकांक्षाको कन्चनजंघा सगरमाथा अवस्य हुनेछ
घुँडा धसेर लागे मात्र भाग्य बदलेर सौभाग्य हुनेछ

दूर द्रष्टा, हर्ता कर्ता फेरि शिलान्याससँगै शिला नपुरौं
स्वच्छ मन, शुन्य आकाशमा तर आवाजलाई नमारौं

सरगमको मात्र सात सत्य सुरिलो धुन कबै मेटिँदैन
जानाजान खाल्डोमा खसेपछि सुन्दर संसार भेटिँदैन

फेरि छुचुन्द्रो मार्न परेदेखि बुद्धका अनुयायी नमारौं
सत्य आशाको मन भए आ आफ्नै मस्तिष्क उघारौं

चुकुलहरू अड्किएका, हिम्मतहरू मात्र भडकिएका छन्
उदास आँखा विक्षिप्त मनहरूले आशाहरू तड्पिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *