Skip to content


आऊ हेर ऊ बिना मेरो मनको हाललाई ।
स्पर्श गरेर हेर ऊ बिनाको मेरो बेदनालाई ।

ऊ बिना जलेको छ मन जिन्दगी अपुरो बनाई ।
बन्द खामभित्र राखेको छ क्षमता जतिलाई ।

बेकारको आरोप सही बियोगको बिष पिई ।
बाँचेको छ छटपटिएको मनलाई बोकी ।

बसेको छ केबल उसको आगमनमा नजर राखी ।
अलग गर्न पाउने छैनो मबाट मेरो प्रियलाई ।

ऊ बिना जिउन नसक्ने हाल बनाएको छु
आफूभित्र लिएर मायाको गहिराईलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *