Skip to content

तीन मुक्तक (सहमति कहिले हुन्छ ?)

  • by


एउटा कुरा भन नेता सहमति कहिले हुन्छ
सहमतिको सुगाँ रटाई बिमति नै जहिले हुन्छ
किन जनता ढाँट्छौ भन चिप्ला कुरा गरी सधैँ
भन्छौ अरे छिमेकीले चाह्यो भने अहिले हुन्छ

—————————–

प्रभु तिमीले पुजेकै छौ चढाएर कालापानी
दन्त्यकथा लाग्न थाल्यो हामीलाई नालापानी
के छ अब चढाउँन अब देशै चढाउने कि ?
ढोग्छौ तिमी छिमेकीलाई प्रभु भनी अँझै पनि

—————————–

घरभित्रको झगडामा किन डाक्यौ छिमेकीलाई ?
प्रभु भनी देशै राखी किन भाक्यौ छिमेकीलाई ?
कुटाकुट र मारामार गर बरु घरैभित्र
बोलाएर साक्षी बस्न किन राख्यौ छिमेकीलाई ?

तीर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *