Skip to content

भातको सीतो भुईँमा खस्दा

  • by


भातको सीतो भुईँमा खस्दा, कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

चर्किन्छ यो छाती अति, मेरो देशको पाटो दुख्दा
छल्किन्छ यो रगत अति, मेरो देशको माटो दुख्दा
यत्र-तत्र चारैतिर, देशलाई खाने रोग देख्छु,
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

भातको सिट्ट भुईँमा खस्दा, कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा…………………..

देख्दैछु म आफ्नै सन्तान, मेरो राष्ट जलाउँदै छन्
उतर-दक्षिण गरी-गरी, राष्टभक्त गलाउदै छन्
देश रुँदा चुप चाप बस्ने, निरही त्यो लोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

भातको सीतो भुईँमा खस्दा, कर्णालीको भोक देख्छु
ठाँटिएर हिंड्न खोज्दा, रुकुमको त्यो शोक देख्छु

राजेश रुम्बा लामा “अतृप्त”
०४-०८-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *