Skip to content


हली दाइ फालेको लुगा किन ?
कामी दाइ बालेको लुगा किन ?

सिउँदा सिउँदै जीवन गयो तिम्रो
दमै दाइ टालेको लुगा किन ?

समर युद्धका यात्री हौ तिमी नि
लाउछौ टालो हालेको लुगा किन?

उडाइदेऊ कसिंगर झनझा बनेर
एकधरो छ कालेको लुगा किन ?

सन्तोषले बाँच्न पाउनु पर्छ तिमी नि
छ आँशुले गालेको लुगा किन ?

syanghasahitaya.wordpress.com

1 thought on “हली दाइ”

  1. i like it
    सन्तोष कापले जी तपाई लाई धरै धरै सफलता को कामना अनि तपाई को गजल अति नै राम्रो छ धन्दयबाद!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *