Skip to content

आखिरीमा दुई किनारा.हाम्रो जोबन

“गजल”
आखिरीमा दुई किनारा.हाम्रो जोबन
आफै माथि संका लाग्छ,मान्दैन योमन /
~~~~~~~~~~~~~~~~~~~~~~~
आफ्नै मुटु आफै देखि,टाढा भा झैं लाग्छ
पोल्छ छाती सल्किए झैं,आगो दन दन
आफै माथि संका लाग्छ,मान्दैन योमन /
~~~~~~~~~~~~~~~~~~~~~~~~
उसको भागमा के पर्यो खै!देख्छु हाँसेको
मेरो दर्दमा देख्दिन,कुनै नौलोपन,
आफै माथि संका लाग्छ,मान्दैन योमन /
~~~~~~~~~~~~~~~~~~~~~~
मेरो पनि चाह होइन उस्लाई,दर्द होस्
उस्लाई खुशी राख्न “अतृप्त”जल्छु झन झन
आफै माथि संका लाग्छ,मान्दैन योमन /
—–>राजेश रुम्बा लामा “अतृप्त”
२४-०८-२०११
Note:मैले जानेअनुसार रदिफ बिना नै गजल लेख्न सकिन्छ रे यदि काफिया मिलाउन सकेमा,तसर्थ पूर्ण काफिया दिन नसकेता पनि रदिफ बिहिन गजल हजुरहरु सामु राख्न चाहे,गल्ति धेरै छन् सुधार्ने मौका दिनु होला है मिठो तितो सल्लाह सुजाबले /यहाँहरुको दिन सुभ रहोस //

Leave a Reply

Your email address will not be published. Required fields are marked *