Skip to content

फूलको रङ्ग चोरीचोरी


फूलको रङ्ग चोरी-चोरी तिमीलाई म सजाउँदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

नटिपिने जून तारा किन चाहियो तिमीलाई
नछुटिने मिठो माया सुम्पिदिन्छु सधैंलाई
सरिताको धून खोसी तिमीलाई म सुनाउँदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

फूलको रङ्ग चोरीचोरी तिमीलाई म सजाउँदिन…..

नभेटिने क्षितिजको रहर किन तिमीलाई
यो छातीको बिशालता तिम्रै त हो सधैंलाई
नपुगिने गन्तब्यको कहानी म रुचाउँदिन
निष्ठुरी नै भन तर झुटा कसम भजाउँदिन

फूलको रङ्ग चोरी चोरी तिमीलाई म सजाउँदिन …

1 thought on “फूलको रङ्ग चोरीचोरी”

  1. फूलको रङ्ग चोरीचोरी – दीप्स शाह
    तपाईंको वास्तविकतावादी (यथार्थवादी) पक्ष पढ्न-बुझ्न पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *