छुरा झैं छुरिला धारले दुखायो
कोप्यो लौ तिखा तारले दुखायो
बढ्दैछन् शहरमा आतंकै आतंक
दुखायो यहाँ अत्याचारले दुखायो
जान्दै नजानी त सिक्दैथेँ बाँच्न
दुखेँ म आज व्यबहारले दुखायो
उज्यालो पाएका हिडे अघि पुगे
म पछी परेँ अन्धकारले दुखायो
आँशुको वर्षात मनसुन झरी झैँ
सहन सकिन एकमारले दुखायो
मनसुन
रचना : भाद्र २०६८ कुवैत
तार्किक लाग्यो ।
उज्यालो पाएका हिडे अघि पुगे
म पछी परेँ अन्धकारले दुखायो .
माथिको शेर मलाई सबभन्दा बी तार्किक र गहकिलो लाग्यो । धन्यवाद ।