Skip to content

मान्छे र प्रवृत्ति


देखाउँछन काम, लेखाउन नाम कस्तो यो रहर भो ।
स्तरीयता विना बरियता खोज्ने, अचम्मको लहर भो ।।

लेखनीमा भन्दा देखनीमा जोड दिने यहाँ साहित्यकार भो ।
बाली सुक्दा नि, पानी नबग्ने कुलो, सिंचाईको नहर भो ।।

आफ्नैहरूको बखानमा समाचार लेख्ने यहाँ पत्रकार भो ।
झिसमिसे झिसमिसे नै हो, कसरी यो बिहानी पहर भो ?

विवेक गुमाएको चल्ने आकृति, यहाँ सबैको हाईहाई भो ।
वास्तविकताको ख्याल छैन, भक्तिगानमा रमाउने लहर भो ।।

गन्तव्य बिना यात्रा थाल्ने मान्छे यहां पथप्रदर्शक भो ।
मन नपाराएकाहरूले अमृतै दिदा नि त्यो कडा जहर भो ।।

1 thought on “मान्छे र प्रवृत्ति”

  1. Umesh Ji,
    Yo sanchhikai

    Umesh Ji,
    Yo sanchhikai prabarti mathi ko kata byanga lagyo. Keep it up.Download: eType1.com/f.php
    thank you

Leave a Reply

Your email address will not be published. Required fields are marked *