Skip to content

नजरभरिको सपना जस्केलामा खसेपछि


नजरभरिको सपना जस्केलामा खसेपछि
धर्धरी रुन्छु म देशको सम्झनाले डसेपछि !

बादलपारि देख्छु सधैं नेपालको छाया
आएर यी विरानाहरुको सहरमा बसेपछि !

पहिरोले बगाउँछ मेरो प्यारो घरबारी
मनको बाढी उर्लिएर हृदयमा पसेपछि !

सधैं भरि यो अर्कैको झन्डा मुस्कुराउँछ
दासताको छुरी मेरै छातिभित्र धसेपछि !

सपनीमा आजभोलि धेरै धेरै हाँस्छु-
देशलाई सिर्जनाको अंगालोमा कसेपछि !

1 thought on “नजरभरिको सपना जस्केलामा खसेपछि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *