Skip to content

नबुझिने भाषा कस्तो बोल्दैछ यो बर्षात


नबुझिने भाषा कस्तो बोल्दैछ यो बर्षात
रुझूँ रुझूँ लाग्यो किन चन्चल भयो मन आज ।

बर्षिदियो बर्षात त्यो चुमी उनको बदन
भिजेको त्यो शरिर देख्दा पापी भयो यो मन
कल्पनामै चुमे उनलाई समाएर उनको हात
रुझूँ रुझूँ लाग्यो किन चन्चल भयो मन आज ।

टोलाएर हेरी रहेँ भिजेको त्यो उनको मुहार
कल्पनामै उनलाई पाउँदा भुले मैले सारा संसार
खोज्दैछ यो मनले आज प्रियशीको मिठो साथ
रुझूँ रुझूँ लाग्यो किन चन्चल भयो मन आज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *