Skip to content

किन गर्यौ घात नेता

  • by


किन गर्यौ घात नेता ज्याला पुरा खाएपछि
गुन्द्रुक ढिडो बिर्सिएछौ राजधानी आएपछि

कति बाडयौ सपनाहरू मंसिरको बिस्कुन सरी
के सम्झन्छौ भोका जनता आफु टन्न आघाएपछि

मुगु जुम्ला नून आभाव तिम्री प्यारी सुनभित्र
अब चाल पाउला नेता सबै मिली धपाएपछि

गाउको तिम्रो गौँथली गुड रुदै छ रे पर्खिएर
शहर पसी गगनचुम्बी महल तिम्ले बनाएपछि

सम्झ्छौ कि गाउँ जाने बाटो अनि गल्लीहरू
राजधानी र सदरमुकाम पजेरोमा धाएपछि

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *