Skip to content

शहिदको रगतले छोएको

  • by


शहिदको रगतले छोएको
आँसु पसिनाले भिजेको
यो तिम्रो देश अनि मेरो देश
यो एउटाको हैन जनताको देश।

वर्षौं पुरानो अँधेरी रातलाई
शान्तिको किरणले चढाउनु छ
खडेरी परेको मातृभूमिमा
वसन्त बहार ल्याउनु छ
मागेर अधिकार पाइने होइन
शहिदको रगत अब खेर जान्न
रोपौं प्रजातन्त्र माटोमा
गाउँदै स्वतन्त्र बाटोमा
नेपालको जित हिमालको जित
अब तिम्रो जित अनि मेरो जित।

पूर्खाले लडेर गाँसेको धर्ती
विरता कसैको अब बाँकी छैन
जन्मले पाएको हक अब खोस्न
ईश्वरको पनि अधिकार हैन
भोलि बारुदले समय रोकिंदैन
असंख्य इतिहास अब लेखिंदैन।

शब्द – अनुप पहाडी

स्वर – निर्मल शेरचन, निरञ्जन भट्टराई
संगीत – अनुप पहाडी

स्वर, संगीत – मुरलीधर

Leave a Reply

Your email address will not be published. Required fields are marked *