Skip to content


हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल
कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरूको बीचमा
लुकेर बसेको
सुवासलाई सुटुक्क सोधें
यो भन्दा सुन्दर
कहिल्यै नओइलिने फूल
छ मसँग
जाउँ त्यहीँ ढुक्कले बसौँ
ऊ मानेन पटक्कै मानेन
पक्रन खोजेँ तर
नओइलिने फूलमा
म बस्दिन भन्दै
हात झड्कालेर
मेरो मनै दुख्नेगरी
सदाको लागि ऊ टाढा गयो
यी फूलका पत्रदलमा या
असल मानिसको देहमा
अर्थात् जगत्मा
सुगन्ध अर्थात् प्राण
स्थायीबास बसेनन्
हाय ! मान्छेको जीवन
सत्यम् शिवम् शुन्दरम् !

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *