Skip to content


निगल्दो हिउँदमा
रुखमा बचेखुचेका
पहेँलिइसकेका पातहरू
हरियो छँदाका कुरा सम्झेर
दङ्ग पर्छन्
भाउ पार्दै, सान गर्दै
आपसमा खुब गफ छाँट्छन्
भित्रबाट नयाँ मुनाले ठेलेर हो
वा बाहिरबाट हिउँदे हावाले पेलेर हो
वा
चम्किइचम्किइँ धेरै गफ छाँटेकाले हो
बूढा पातहरू एकएक गर्दै र्झछन्
भर्खरै पलाउँदै गरेका पिपिराहरू
माथिबाट रमाइलो मानेर तिनको अवसान हेर्छन्
निर्भय
आघौँसाल पनि
नयाँ पातहरू यस्तै निर्भय देखिनेछन् ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *