Skip to content

निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी

  • by


निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी
काँतरहरू धर्मराउँछन् लक्ष्यहरू जुट्दाखेरी ।

सबै जना एकैसाथ निस्कनुमा हुन्छ शक्ति
बेहोसिँदै लड्छन् कोही आवाजले कुट्दाखेरी ।

कोही भने तल्लिन छन् बहादुरी देखाउन
गर्ब गर्छन् कोही यहाँ सत्यतालाई भुट्दाखेरी ।

शरीर गयो कसैको त तर पनि थाकिँदैन
सशक्त झन् बन्दै जान्छ न्यायमाथि लुट्दाखेरी ।

धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *