Skip to content


फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ
जीवन मेरो सेती बगर बिना तिम्रो माया

अन्धकारमा तिम्रो तस्वीर कोर्दै हार खाएँ
बगरको पर्खाइमा बिसौं बहर गएँ

कोइली चरी गाउन छाड्छे रानीवन डुल्दै
सपनी मेरो इन्द्रेणी बोक्छ विपनालाई भुल्दै

साउन झरी मेरै निम्ति उर्ले जस्तो लाग्छ
निष्ठुरीको माया अब बिर्से जस्तो लाग्छ

शब्द – दिनेश सुब्बा
स्वर – प्रकाश श्रेष्ठ
संगीत – सम्भुजित बासकोटा
एल्बम – कान्छीलाई घुमाउने काठमाण्डौं शहर

1 thought on “फेवातालको आँगनमा लै लै”

Leave a Reply

Your email address will not be published. Required fields are marked *