Skip to content


बढ्दो जनसंख्याको चाप बाताबरण छ कोलाहल
कसैलाई झुपडी त छैन, कसैलाई छ ऐसानको महल ।
रोग भोक र शोकमा स्तब्ध छ मेरो देश ।
खेलाडिहरूको खेल झै भो देश, त्यसैले त लागिरहेछ ठेस ।
नसोध न परदेशी हो मेरो देशको हाल ।
लाग्छ शरम भन्नलाई ठान्छौ तिमीहरू बबाल ।

ओझेलमा परिरहेछ बुद्धको देशको निसानी
हत्या अपहरण र चित्कार बिना छैन कुनै बिहानी ।
इमान, जमान र नैतिकता त एकादेशको उखान सरी
हुन्छ चर्चापरिचर्चा ६०१ कै अखबारका पानाभरि ।
भो अब नसोध न परदेशी हो मेरो देशको हाल
कसरी बताऊँ म आफैं नांगिएको असभ्य चाल ।
कति पटक थपिन्छ म्याद, कथा हो की यो सम्बिधान ।
जुन तन्त्र नि उस्तै भो, खै त यहाँ गणतन्त्रको मान ।
ढाक्ने बस्त्र च्यातिएरै हो कि, देश त निर्बस्त्र नाङ्गिएको छ ।
हाङ्गा बिङ्गा त चोइटिसके, तर टुप्पाबाट झाङ्गिएको छ ।
नसोध न परदेशी हो मेरो देशको हाल ।
तिमीहरूलाई लाग्छ कमाल, हाम्रो हुँदै छ बेहाल ।

www.nepalisrael.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *