Skip to content

तीन मुक्तक (जीवन)

  • by


जीवन के हो सोचेर हेरे
आफै भित्र खोजेर हेरे
मपाइत्व पर्दा च्यातेर
सदभावको बाटो रोजेर हेरे ।

के हो जीवनको परिभाषा
अभावकै पुन्ज हो कि जीवन गाथा
अमरत्वको गहिराइ छाम्न
भौतारिदै छु यता उता ।

कोही भन्छन कर्कलाको पानी हो जिन्दगी
कोही भन्छन आखाँको नानी हो जिन्दागी
यो ममताले उजाडिएको चैतको खडेरीमा
म भन्छु धोकै धोकाको कहानी हो जिन्दगी ।

तिर्थ “यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *