Skip to content

माया गर्छु तिमीलाई वाचा गरें यस्तो


माया गर्छु तिमीलाई वाचा गरें यस्तो
यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो

तिमीलाई जून माने आफूलाई तारा
यस्तो माया गर्छु प्रिय बिर्सनेछौ सारा
हाम्रो माया यस्तो होस नौनी परे जस्तो
यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो

बिहानीले चुम्छ जब सुर्यदय हुन्छ
सर्माउँदै तिमीलाई उषा लाली छुन्छ
त्यै लालीमा अधरको हाँसो सरे जस्तो
यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो

माया गर्छु तिमीलाई वाचा गरें यस्तो
यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो

7 thoughts on “माया गर्छु तिमीलाई वाचा गरें यस्तो”

  1. ल ल बिना बहिनी कविताले
    ल ल बिना बहिनी कविताले खुडकिलो चढ्दैछ , यहाँले अझै प्रयास जारी रखेमा किवतात्मक भविश्य राम्रो उज्ज्वल नै देखिन्छ ।

    – गोर्खेसाइँलो

  2. धन्यवाद
    धन्यवाद यहाँलाई गोर्खे दाई प्रशंसाको लागि।यस्तै प्रतिकृयाले नै अझ अगाडी बढ्ने हौसला मिल्छ।

  3. बधाई छ
    बिना जी बधाई छ यहाँका सब्द लहरहरु अनि मिठास कविताको लागि | कविताले भने जस्तै माया र वाचा हुने हो भने संसारमा कुनै पनि मान्छे मायामा रुनु पर्ने थिएन |

  4. ल ल बिना जी बधाई छ
    बिना जी बधाई छ ।
    असाध्यै राम्रो अनि मिठो लेख्नु भयो
    आशा छ यसरि नै निरन्तरता दिनु हुनेछ ।।

  5. धन्यवाद
    धन्यवाद हिमान गाउँले जी यहाँलाई पनि सुन्दर शब्दहरुको प्रतिकृयाले थप हौसला जागेको छ।पक्कै पनि कबिताको भाव जस्तै संसारमा हुने भैइदिए स्वर्ग नै यहि हुन्थ्यो।

  6. धन्यवाद बिजु जी
    धन्यवाद बिजु जी यहाँलाई पनि मिठो प्रतिकृयाको लागि।समयले साथ दिए सम्म निरन्तरता दिने नै छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *