चाँदनीको अगाडि परूँ कसरी म
त्यो रुपको बयान गरूँ कसरी म
न त शब्द भेटियो शब्द भण्डारमा
बिना अर्थ कागज भरूँ कसरी म
जिन्दगीको हौ तिमी माझी डुंगा भन्नु
भई एक्लो समुन्द्र तरूँ कसरी म
अप्सरै हौ स्वर्गकी एक्लै तिमीलाई
आकाशमा छोडेर झरूँ कसरी म
छौ हाँगामा बसेकी प्रीत लगाएर
हे ‘गुराँस’ तिम्लाई हरूँ कसरी म
