यो हो मेरो देशको माटो शान्तिफूल सधैं फुलोस्
एकताको संसार बनी क्रान्तिफूल सधैं झुलोस्
शान्तिवादी क्रान्ति फुल्दा विकास मूल उमि्रदिन्छ
संसारको कुना काप्चा शान्ति सागर यस्कै डुलोस्
जो बोलिन्छ त्यो गरिदैन जो गरिन्छ त्यो बाेिलदैन
दोधारे यो बुझाइमा यो संसारिक कता भूलोस्
घोडा चढ्ने रहर हुँदा कुकुर चढ्न कसै हुन्न
आकांक्षाका घडी सबै सकेसम्म चाँडै सुलोस्
हुन्छ हीत मिल्छ मीत संसारको कुना काप्चा
प्रकृतिको संसार हो यो सके सम्म आँफै तुलोस्
सदानन्द अभागी