मलाई माफ गर है मेरी कविता
Sharan aansu — Sun, 09/18/2011 - 12:29
-मलाई माफ गर है
मेरी कविता !
-म सिसिफस'
जिन्दगी उकालो हिंड्दै छु
देउताहरूको श्रापले!
उकालो तल झर्दैछ -
ओझेल पारेर अस्तित्व
शुन्यतामा !
-देहातमा,
राप्ती नदीको किनारमा,
गाम बेसीमा र
सिरान डाँडाको हिउँमा
कविता बिम्ब पाइला
युगीन दु:खको राष्ट्रिय चिन्ह
मेटिइरहेछ !
आफ्नो अस्तित्व खोज्दै म
आफ्नै जिन्दगी
चपाइरहेछु !
युगौं देखिको
पहाड मन
अस्तित्व यात्रामा
उभिइरहेछ !
उस्तै रङ , उस्तै परिवेश
उस्तै मनको कोलाजमा पोतिंदा
चर्को घाम झैं
त्यो प्रेमिल तुष्टिको जब्बर आँखाले
तिमीलाई म कहिल्यै
हेर्न सक्तिन !
- मैले बाँच्नुका
सीमानाहरू छन्
मैले हाँस्नुका
सीमानाहरू छन्
तिमी त सीमानापारि छ्यौ
र त
तिम्रो सम्झनाको
असीमित रापले
सधैं सधैं
पग्ली रहेछु - नौनी झैं !
तर
मनकै कुलेसोबाट म बग्न सक्तिन
मलाई माफ गर है
मेरी कविता ...
तिम्रो अधरको भिरबाट
म यो धर्तीमा खस्न सक्तिन !
- गणीतिय सूत्रहरूले
मनको अस्तित्व
सावित गर्दैनन्
त्यसैले त
प्रतीक्षारत मनको
साविती वयान दिंदै
समय यन्त्र घन्टाघर
सम्झनाहरूमा बजिरहन्छ !
खोल्सो बनेर जिन्दगी
अस्तित्व यात्रा
बगिरहन्छ !
-सिमलको भुवा
मन उडेको देखिनौ र ?
ढुंगा होइन- मन
आँखाहरूको धारलाई
मनले उद्'याउन सक्तिन-म !
मलाई माफ गर है
मेरी कविता ...
म एउटा कवि
अनागरिक सिसिफस
तिम्रो प्रियतम
स्वर्गको उकालो चढ्दैछु
अन्तरिक्षमा !
- 2101 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
5 sec ago - Reply to comment | मझेरी डट कम
6 sec ago - Also avoid absorbers, affects counting benzodiazepines.
8 sec ago - Reply to comment | मझेरी डट कम
9 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
18 sec ago - Reply to comment | मझेरी डट कम
20 sec ago - Reply to comment | मझेरी डट कम
20 sec ago - Reply to comment | मझेरी डट कम
23 sec ago - Reply to comment | मझेरी डट कम
24 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
33 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- भोकाएको सर्प
- नेपालका नेताहरू कस्ता
- हो गयी लाल
- तिम्रो चर्चा
- यहाँ हुनेको नै रेस्टुरेन्ट छ
- अस्वीकृत वुद्ध
- सुख सम्झे सुख हुन्छ दुख : बिर्से सुख
- सुन्दरे (कथा)
- नारीवादी सशक्त उपन्यास
- तिम्रै यादमा
- फरक : तिमी र म
- बिलयन
- साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
- तप्प-तप्प अँश्रुधारा चुहाएर
- ने कहके आँट रखैत छी (मैथिली गजल)
- बिकिसकेको मेरो मन, चोरेर पो के गर्छौ ?
- तीन सेन्र्यू (असोज तीन )
- जून छ तर अँध्यारो
- प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना
- तिम्रो चूम्बनको कसम
- प्रेम र प्राप्ति
- चारिटा मैथिली हाइकु - २५ (चंदन गाछ)
- अँधेरी रातमा यसरी इन्क्लाब आयो
- मन्थलीमा सजना बाइवा सन्ध्याको एकल वाचन
- बुढापा (बृद्धावस्था)
- नलडाऊ चितामाथि मर्नै बाँकी छ
- सँगै बस्ने मन थियो
- लाखौं पर्ने घडी लाउँ समय हातमा हुन्न
- गज़ल
Post new comment