Skip to content


छातीभित्र बैगुनीलाई लुकाउन जानिएन
फूलमाल चढाएर भुकाउन जानिएन

बैगुनीसँग उकाली ओरालीमा हिँडे पनि
उसैलाई यात्रबाट चुकाउन जानिएन
छातीभित्र बैगुनीलाई लुकाउन जानिएन

कसैसँग मनमुटु साटी नाता गाँसे पनि
उसैलाई मनबाट फुकाउन जानिएन
छातीभित्र बैगुनीलाई लुकाउन जानिएन

नशाको साथमा भुली रमाए पनि
आँखाबाट आँशुको भेल सुकाउन जानिएन
छातीभित्र बैगुनीलाई लुकाउन जानिएन

घात हुन्छ भनी जान्दा जान्दै पनि
अनयासै उसैलाई ढुकाउन जानिएन
छातीभित्र बैगुनीलाई लुकाउन जानिएन

देवदाष हमाल सन्तोष

Leave a Reply

Your email address will not be published. Required fields are marked *