Skip to content

फर्किंउँ साथी आफ्नै देशमा नाडी खियाउँन

“गीत”
बाँच्नेहरु बाँचेकैछन् ढुङ्गा फुटाएर
कति बस्ने हामी यहाँ बैश लुटाएर?
~~~~~~~~~~~~~~~~~~~~~~
फर्किंउँ साथी आफ्नै देशमा नाडी खियाउँन
सफल

ताले पर्खिदैंछ हामीलाई चियाउन
मुक्त पारौं कैदी जीवन आजै छुटाएर
कति बस्ने हामी यहाँ बैश लुटाएर?
~~~~~~~~~~~~~~~~~~~~~
हामीलाई थाहा छ बैश हुदाँ मात्र चल्छ यहाँ
सबै सपना आफूसामु छिनमै ढल्छ यहाँ
जति बस्नु बस्यौँ यहाँ भाग्य टुटाएर
नबसौं भो अब हामी बैश लुटाएर?
~~~~~~~~~~~~~~~~~~~~~
हाम्रा पुर्खा बाँचेकै हुन् मेलापात गरेर नै
ईज्जत पनि कमाएकै हुन् पाथी मुरि भरेर नै
टर्थ्यो सबै समस्या यताउती जुराएर
नबसौं है अब साथि बैश यहाँ लुटाएर?

राजेश रुम्बा लामा “अतृप्त”
२१-०९-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *