Skip to content

केही जान्न यानीमाया
बोली देउन मिठो ।
बचनको पक्का हजुर
ईलामेली ठिटो ।

साँखेजुङको छिर्के भाले
सखारैमा बास्छ ।
प्याङ्गको दीलमाया संग
घरजम् गरौ लाग्छ ।
आकाशको तारा जून
गोदकको फूल ।
ईलामेली ठिटो हजुर
हुने छैन भुल ।

सुनाखरी रुखैभरी
चमैता बनैमा ।
हुन्छ हुन्न गर निधो
नराख मनैमा ।
जिर्मलेको बाँसघारीमा
दुम्सी लुक्ने दुलो ।
ईलामेली ठिटो हजुर
ईमान जमान ठूलो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *