Skip to content


पुनर्जागरणको यान्त्रिक प्रणाली संबिधान-सभा मार्फत नया संबिधानमा लिपिबद्ध हुन गैरहेको छ ।

समाज यही यान्त्रिक प्रणालीको लगत्तै नाटकीय परिवर्तन चाहिरहेछ । बहुमत र अल्पमत, गणितीय समीकरण अनि यथास्थितिवाद अझै बाधक बनिरहेका छन् । जुन स्वाभाविक लाग्न सक्छन दीर्घकालका लागि । तर समाज अनि बर्तमान पिलो नपाकेको महसुस गरिरहेछन । बिज्ञहरूलाई विद्वत्ताको राप, समाज र जनमानसको धैर्य अनि महानताको बीच सेतु बनाउन समय आह्वान गरिरहेछ । समय आशा मात्र गर्दैन, कर्तव्य र धैर्यता पनि सिकाउछ । र भुल्नै नहुने तथ्य समय पुनर्जागरणको धर्म अनि भाषा बोलिरहेछ ।

धर्म अनि भाषा कुनै पनि सभ्य समाजका मेरुदण्ड हुन । समयसँगै अनेकौ उतार चडाव यिनले भोगेका इतिहास छन् । इतिहास कुनै षोडषी प्रेयसी जसलाई आलिंगनमा बाध्नै पर्छ भन्ने होइन यो त बर्तमानको प्रेरणा हुनुपर्छ, भविष्यको योजना हुनुपर्छ । यसलाई त्याग्न पनि बाधा हुन्न, राख्न पनि । तर सुदुर भविष्य सुनिर्मांणमा बर्तमानको औजार भने हुन सक्छ अवस्य । हाम्रो धर्मको इतिहास एती पुरानो छ त्यति नै भाषाको पनि छ । हामी नेपाली हिन्दु अधिराज्यको अधिनबाट भर्खरै मुक्त भएका छौ । भाषाको सवालमा अनगीन्ति भाषाहरूको पखेटा फेरि पलाई रहेका छन् जसले छिट्टै उड्न पाउनै पर्छ, यो समयको माग हो ।

‘चर्चको पतनको कथा कुनै बाह्य शत्रुबाट भयको थिएन बरु आन्तरिक रुपले नै यसमा क्रमश ह्रास भइरहेको थियो । ‘

एच .जी. वेल्सले लेखेका उपरोक्त भनाइ इशाई धर्म सुधार आन्दोलनका क्रममा भनिएको हो । जुन भनाइ इतिहास भएपनि सान्दर्भिक नै छ । आज हामी मन्दिर छिर्नुका पछाडी धार्मिक कारण भन्दा बढी शहर भित्रका नकारात्मकताबाट मुक्ति पाउन हो भन्ने कुरा अवचेतन मनहरू भन्दछन भन्दा अत्युक्ति नहोला । आर्थिक अनियमितताहरू……, मानसिक अस्वच्छताहरू …….., सामाजिक ब्यभिचारिताहरू……, का प्रसस्त उदाहरणहरू धर्म अनि कर्म सम्बन्धित क्षेत्रहरूमा ब्याप्त भेटिन्छन । अनेकौ रुढी वादी जड मानसिकता धर्मको आवरण बनेर प्रस्तुत भै बसेका छन् । सुधारका संकेत नदेखिएका होइनन तर अपर्याप्त मात्र होइन उल्टै नकारात्मकताका कलेवरमा छोपिएका छन् । प्रयासका सुरुवात भने मान्नै पर्छ । यस्तै आलोचना लायक धर्म सम्बन्धि व्यापक तथ्यहरूले धर्मलाई त हल्लाउन पनि सक्दैन तर समाज र जनमानस अनि राष्ट्र लँगडो हुन्छ ।

यो मुख्य मुद्दा हो ।

यसर्थ सबल समृद्ध राष्ट्रको परिकल्पना धर्म अर्थात् धार्मिक स्वच्छता अनि पवित्रता बिना सम्भव होला ?

भुल्नै नहुने कुरा “धर्म राष्ट्रको हुनु पर्छ” र सम्प्रदाय जस्तै हिन्दु, बौद्ध, इशाई, मुश्लिम र अन्य सबैमा स्वच्छता अपरिहार्य छ । साम्प्रदायिक स्वच्छता मार्फत दया, अनुशासन तथा कर्तव्य आदि नैतिकताका सकारत्मक प्रभाव फैलाउन सक्नु राष्ट्रिय धर्म हुनु पर्दछ ।

साम सुंगको टी भी खरिद गर्ने जो कोहि नेपालीले यौटा किताब कार्टुन भित्र प्राप्त गर्छन जुन अंग्रेजी लगायत अन्य भाषामा लेखियका हुन्छन । तर त्यसमा नेपाली भाषा र नेपाल भित्र बोलिने अनेकौ भाषाहरू कुनैमा पनि लेखिएको हुँदैन । जति जनाले अंग्रेजी वा अरु कुनै भाषा जानेका हुन्छन उनीहरूलाई थाहा हुन्छ कि त्यो किताब के हो ? के सहयोग गर्छ त्यसले ?

तर नेपालमा बोलिने भाषा मात्र जन्नेहरूलाई त्यो किताब लक्षित छैन । टी भी र सो संचालन बिधि बारे कम्पनीले छपाउने त्यस्ता किताबहरूसम्म नेपाली भाषा आजसम्म पुग्न सकेको देखिदैन । यस्ता अनगीन्ति बहु राष्ट्रिय कम्पनिहरू जसले आफ्ना सामानको भरपुर व्यापार गर्छन नेपालीहरूसँग, तर उनीहरूको भाषालाई किन मान्यता नदिएका होलान ?

यो प्रश्नको नेपाली मात्रले आफै जवाफ खोज्नु पर्छ । यो सामजिक मात्रै होइन राष्ट्रिय दायित्व हो नागरिकहरूको समेत ।

आइ इ एल टी एस / टोफेल र अन्य थुप्रै प्रणाली मार्फत बिस्वब्यापी रुपमा भाषाको प्रचार मात्र हैन उधोगको रुपमा अरबौ मुनाफा आर्जन भैरहेका छन् । जसको हामी ग्राहक मात्र हौ । हामीले इर्ष्य गर्नु पर्ने कुनै कारण छैन । बस यतातिर ध्यान दिएर केही सिक्नु जरुरी भइसक्यो अब । हाम्रा अगाडी भाषा गत रुपमा थुप्रै चुनौतीहरू छन् । स्वतन्त्रता र सर्व स्वीकार्यताको मार्ग अपनाएर राष्ट्र र राष्ट्र भित्र रहेका सम्पूर्ण भाषाहरूको बिना कुनै पूर्वाग्रह संरक्षण र सम्बर्धन गरिनु पर्छ, भनिदै आएको कुरा हो । तर के संरक्षण र सम्बर्धन का कानुनहरू मात्र पर्याप्त हुन्छन त ? हामी अंग्रेजी भाषा प्रति पूर्वाग्रही हुनु पर्छ कि पर्दैन त ?

“एउटा चुलोमा भात र तिहुन पाक्छन संघर्षले हाम्रा र कल्निररी आर्ट पढी रहेका छौ हामी अर्कातिर ।” यी दुई पाटो बिचको खाडल के हो ? यो खाडल पुरिन के गर्नु पर्छ? कत्ति समय लाग्छ ?

र कसरी कलनिररी आर्टलाई हामी पाक शिक्षाको रुपमा मेचीदेखि महाकाली अनि पारि पारिसम्म पुर्याउन सक्छौ त?

हाम्रा सामु भएका अनगीन्ति भाषिक सम्पदा कसरी राष्ट्रिय सम्पदा नै हुन भनेर परिचित अनि सुसुचित गराउने मात्र नभई प्रतिफलका सम्भावना प्रस्तुत गर्ने । यस्तै बिज्ञान, कला, उद्योग र भौतिक प्रगतिका जग भनेकै बलियो भाषा हो, जसरी यौटा कल्निररी आर्टको त भाषाको जगले उद्योगको स्वरुप हुने रहेछ भने हामीसँग त भाषाहरूको भण्डार छ । यसर्थ अवसरहरू पनि हुँदै नभएका भने होइनन ।

पार्टीगत गणित, स्वार्थगत मनोचिन्तन, बैदेशिक प्रभाव बिबेक द्वारा थेग्न नसक्नु पुनर्जागरणका मलजलको केही स्वरूप मात्र हुन ।

कसले के गर्यो ? र आजसम्म आइपुगियो भन्नुभन्दा अब कसरी भोलि स्पष्ट र सुरक्षित बनाउने सवालका लागि आज संबिधान कोरिनु पर्छ र कोरिँदैछ ।

यसर्थ विज्ञहरूको भूमिका अपरिहार्य छ । तथ्यहरूको अधार सर्वस्वीकार्य हुनै पर्छ । “दया, त्याग, कर्तव्य र अनुशासन राष्ट्रिय धर्म, अनि ‘हाम्रो पार्टी भन्दा हाम्रो देश’ राष्ट्रिय भाषा” हुनु पर्दछ जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *